लीला निम्न माविको ३३ औ वार्षिकोत्सव

पोखरा, १४ माघ/कास्कीको पुम्दी भूम्दीमा रहेको लीला निम्न माध्यमिक विद्यालयले आफ्नो ३३ औ वार्षिकोत्सव कार्यक्रम मंगलवार संम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष उमानाथ देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको जिल्ला शिक्षा कार्यालय कास्कीका उप सचिव तथा कार्यक्रम संयोजक दामोदर सुवेदीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा संयोजक सुवेदीले समग्र शैक्षिक विकासका लागी शिक्षक ,विद्यार्थी, अभिभावक र विद्यालय प्रशासनले सामञ्जस्यतापूर्ण सहकार्य गर्नुपर्नेमा जोड दिदै विद्यालयले गरेका सकारात्मक प्रयास्रति खुशी व्यक्त गरे । विद्यालयका प्रधानअध्यापक बेदराज बरालले वार्षिक प्रतिवेदन पेश गर्दै विद्यालयको समग्र अवस्थावारे जानकारी गराएका थिए ।

कार्यक्रममा सहायक प्रधानाध्यापक बालकृष्ण ढकाल, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण बहादुर विक , जिल्ला शिक्षा समिती सदस्य तारानाथ पौडेल, कृष्ण प्रसाद बराल शिक्षक घनश्याम देवकोटा लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...