मन्त्री गुरुङले लिए शपथ

पोखरा ।
गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकूदमन्त्री राजीव गुरुङ ‘दिपक मनाङ्गे’ले आज मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका उपस्थितिमा उहाँलाई शपथ गराएकी हुन् । प्रदेश प्रमुखको सरकारी निवासमा आयोजित शपथ ग्रहण समारोहमा उपसभामुख सिर्जना शर्मा, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा सरकारी उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

गुरुङ यही जेठ ५ गते गराइएको शपथ ग्रहण समारोहमा काठमाडौँमा भएका कारण उपस्थित हुनसकेका थिएनन् । नेकपा (एमाले)का समर्थनमा मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित गुरुङ यसअघि प्रदेश सरकारमा केही दिन युवा तथा खेलकूदमन्त्री भएका थिए ।

कमेन्टहरु
Loading...