राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ७ गते बेलुकी ५ बजेसम्म नयाँ सरकार गठनका निम्ति आह्वान गरेकी छन् ।
संविधानको धारा ७६ उपधारा ५ बमोजिम नयाँ सरकार गठनको दाबी प्रस्तुत गर्न राष्ट्रपति भण्डारीले आह्वान गरेकी हुन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विश्वासको मत नलिने तर नयाँ सरकार गठनका लागि राष्ट्रपति भण्डारीलाई आह्वान गर्ने निर्णय गरेको थियो ।