कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आवश्यकः सांसद भट्टराई

पोखरा ।
कास्की निर्बाचन क्षेत्र न २ बाट निर्बाचित प्रतिनिधि सभा सदस्य बिद्या भट्टराई अधिकारिले कोरोना नियन्त्रणमा एकताबद्ध प्रयास आबश्यक भएको बताएकी छिन्।

उनले अहिलेको परिस्थितिमा सरकार हर तरहले कोभिडको नियन्त्रण र जोखिम तथा मानबिय क्षति कम गर्न लागि परेको अबस्थामा सबैजनाले स्वास्थ्य मापदण्डको पालना सहित आ–आफ्नो ठाउँमा लागि पर्न समेत हार्दिक आबहान गरिन्। भट्टराईले बिहिबार एक प्रेस नोट जारी गर्दै सो कुरा बताएकी हुन् ।

उनले कोरोना भाइरसको दोश्रो लहर भारतसँगै नेपालमा तिब्ररूप लिएको छ । रोकथामको लागि नेपाल सरकारले उच्च जोखिम क्षेत्रमा निषेधाज्ञा घोषणा गरेको छ । उक्त निषेधाज्ञाले हाम्रो जनजिवन कष्टकर भएपनि कोरोना नियन्त्रणको लागि यसलाई पूर्णतः पालना गर्नुपर्ने बाध्यतामा हामी छौं । “ प्रेस नोटमा उल्लेख गरिएको छ ।

उनले कोरोना नियन्त्रणको लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की क्षेत्र नं २ अन्तर्गत वडा नं २१ स्थित कृष्ती नाच्ने चौरमा रहेको स्वास्थ्य केन्द्रमा ५ बेडको अक्सिजन सहितको आइसोलेशन केन्द्र संचालनमा ल्याउनका लागि वडाको नेतृत्वमा स्थानिय सामाजिक अभियन्ताहरुको सक्रियता र सर्वदलिय समझदारी सहित सञ्चालनका लागि अन्तिम चरणमा पुगेको,पोखरा महानगरपालिका वडा नं १६ स्थित मातृ शिशु मितेरी अस्पतालमा प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लान्ट स्थापना गरिसकिएको साथै प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहयोगमा २५ बेडको भेन्टिलेटर र आई सी यु बेड स्थापना गर्ने कार्य अगाडी बढेको,यसै गरी साविकको लेखनाथ नगरपालिकाको कार्यालय र साविक वार्ड नं २७ को भवनलाई १०० शैयाको कोभिड अस्पतालमा रूपान्तरित गरि करिब २ हप्तामा सन्चालनमा ल्याउने तयारिका साथ प्रक्रिया अगाडि बढाइएको, पोखरा महानगर वडा न ३३ मा पनि ५९ बेड क्षमताको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको जानकारी दिइन्। स्थानीय सरकार र जनप्रतिनिधिहरू प्रत्यक्ष र जवाफदेहीपूर्ण भूमिका सहित सक्रियताका साथ महामारी नियन्त्रणमा जुटिरहनु भएको भन्दै साम्सद भट्टराईले उनीहरु सबै प्रति कृतज्ञता सहित आभार प्रकट गरेकी छन्।

कमेन्टहरु
Loading...