गन्थन डेस्क । कास्कीमा पछिल्लो २४ घण्टाकाे अवधिमा ४ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । कास्कीमा अहिले ४ हजार ६० जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
त्यसैगरि कास्कीमा थप ३ जनाका संक्रमणबाट ज्यान गएको छ । यससँगै कास्कीमा अहिलेसम्म ज्यान गुमाउनेको कुल संख्या २ सय १२ पुगेको छ ।
संक्रमण बढिरहेकाले सचेत रहन निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।
थप विवरण