भेटरान्स टेनिसमा अनिलको सानदार प्रदर्शन जारी, राजु धरमको जोडि पनि फाइनलमा

पोखरा, १४ पौष/पोखरामा जारी ११ औ पस्र्याङ्ग राष्ट्रिय भेटरान्स टेनिस प्रतियोगितामा पोखरेली खेलाडी अनिल तुलाचनको सानदार प्रदर्शन जारी छ । शनिबार भएको ४५ वर्ष माथिको एकलतर्फ उनले डिफेण्डीङ्ग च्याम्पियन शोभियतमान श्रेष्ठलाई पराजित गर्दै उपाधी भिडन्त निश्चित गरेका छन् ।

उनले श्रेष्ठलाई ६–२,६–३ को सहज सेटमा पराजित गरेका हुन् । यो संगै उनले उपाधीका लागि प्रताप मोक्तान संग भिड्ने भएका छन् । मोक्तानले पोखरेली खेलाडी राजु श्रेष्ठलाई प्रतिस्पर्धात्मक खेलमा ३–६,६–३ र १०–८ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । त्यसैगरि ३५ वर्ष माथिको डबल्सतर्फ पोखरेली खेलाडीद्धय धरमसिंह लामिछाने र राजु गुरुङ्गको जोडिपनि उपाधी भिडन्तका लागि कोर्ट उत्रने पक्का गरेका छन् । उनीहरुले महेश श्रेष्ठ र दुर्गा कुँवरको जोडिलाई ५–७,६–२ र १० –७ ले पराजित गरेका थिए ।

चन्द्र शाहि र तेन्जि शेर्पाको जोडिलाइई ६–०,६–१ को सहज सेटमा पराजित गर्दै फाइनल प्रवेश गरेका प्रताप मोक्तान र कमल भण्डारीको जोडिसंग लामिछाने जोडिले उपाधी भिडन्त गर्नेछ । अर्का पोखरेली खेलाडी अनुज बाँस्तोला भने ३५ वर्ष माथिको सिंगल इभेण्टमा पराजित भएका छन् । उनलाई महेश श्रेष्ठले ५–७,६–३ र १०–७ को सेटमा पराजित गरेका हुन् । त्यस्तै सोही इभेण्टमा अर्का पोखरेली खेलाडी शम्भु गुरुङ्गलाई ६–४,६–३ ले पराजित गर्दै विनोद गुरुङ्गले फाइनलमा स्थान सुरक्षित पारेका छन् । प्रतियोगिता अन्तर्गत ५० वर्ष माथिको एकलतर्फ करिम मुल्ला मुस्लिम र विदुर विष्ट फाइनलमा पुगेका छन् । करिमले रसियन थापालाई ६–४,६–४ ले तथा विष्टले कर्मा घलेलाई ६–४,६–१ ले पराजित गरेका थिए ।

 
कमेन्टहरु
Loading...