पोखरा/कोरोना महामारीको समयमा साझाबिवेकशिल पार्टी कास्कीको नगर कमिटिले संक्रमित र संक्रमितका आफन्तहरुलाई एक छाक तातोभात खुवाउने अभियानको थालनी गरेको साझाबिबेकशिल पार्टीका अभियान्ता अशोक खड्काले गन्थन डटकमलाई बताए । खड्काका अनुसार सुरुको चरणमा गण्डकी अस्पतालमा रहेका संक्रमित र उनका कुरुवाहरुलाई एक छाक खाना दिदै आएको छ ।
पार्टीकै नेता कार्यकर्ता र अन्य समर्थक शुभचिन्तकबाट सहयोग उठाएर तातो भात अभियान चलाएको खड्काले बताए । खड्काका अनुसार तातो भात अभियानका लागि करिब दश जना साझा बिबेकशिलका नेताकार्यकर्ताहरुले फिल्डमा खटेर काम गरिरहेका छन् ।
अभियानलाई थप प्रभावकारी बनाउँदै बिस्तार गर्ने योजनामा पार्टी रहेको खड्काले बताए । तातोभात अभियानको संयोजकको रुपमा साझाबिवेकशिल पार्टीका नगर संयोजक अजय श्रेष्ठ रहेको खड्काले जानकारी दिए ।
कास्की काँग्रेसले निशुल्क एम्बुलेन्स संचालन अभियान चलाउनु , साझाबिबेकशिल पार्टीले तातोभात अभियान चलाउनु र अनेरास्ववियुले हेल्प डेक्स संचालन गर्नुले सकरात्मक सन्देश दिएको छ । पोखरामा रहेका अन्य राजनीतिक दलहरुले यो महामारीमा केहि मलम पट्टी लगाउने योजना बनाउन सकेको खण्डमा कोरोनासँगको लडाई लड्न सहज हुने कुरामा कुनै दुई मत छैन ।
२०८२ भाद्र ५ गते बिहीबार
साझाबिबेकशिल पार्टीले संक्रमितलाई एक छाक तातो भात खुवाउने
कमेन्टहरु