पाकशालादेखि कोरोना कहरका विद्यार्थीसम्म

  • शेखर गौतम  ।

जहासम्म औला भाचेरै हिसाब गर्ने हो भने अनेरास्ववियुको आन्तरिक प्रशिक्षण नभएको सात बर्ष चार महिना भैसकेछ । यति बिषय उठान गरेपछि केही साथिहरुले पक्कै असहमत राख्नुनै हुनेछ । किनभने अहिले जति कार्यकर्ता पैदा भएका छन प्राय केही बाहेक टुप्पोबाट पलाएकालाइ कोठे प्रशिक्षण मिलेकै छ, अनि किन बिरोध नगरुन । तर जति पुरानो प्रशिक्षणको गन्ध भएका छन, प्रायः इतिहास र आन्दोलनको कखरा बुझेकै छन् ।

जयतु संस्कृतम् आन्दोलन वि. सं. २००४ सालमा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले पाठशालामा भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषय समावेश गर्नुपर्छ भनी सुरू गरेको आन्दोलन हो । तर निरंकुश राणा शासकहरूलाई यी माग मन परेन र विद्यार्थीउपर दमन गर्न थाले। यस आन्दोलनको नेतृत्व श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद बाह्मण, अच्युतराज रेग्मीजस्ता व्यक्तिहरूले गरेका थिए। राणाहरूले दमन गरेपछि यी विद्यार्थीहरू बनारस गई राणा विरोधी आन्दोलनमा सक्रिय भए ।

धिरशमशेर राणाले आफ्नो पाप हटाउन वि.सं. १९३९ मा तीनधारा पाकशाला स्थापना गरी ५४ जना ब्राह्मण वटुकलाई पढ्न, बस्न, खाने व्यवस्था उनले मिलाए । धीरशमशेरपछि १९४२ सालमा वीरशमशेर प्रधानमन्त्री भए । काका रणोद्दीप सिंह कुँवरको हत्यामा प्रमुख भूमिका भएका उनी पनि पापमोचनका लागि अघि सर्दै त्यही पाकशालामा थप ५४ जना ब्राह्मण वटुकका लागि पढ्ने र बस्ने व्यवस्था गरे । त्यसपछि भीमशमशेरले २७ जना, तत्कालीन राजाबाट २७ जना, साहिंली बडामहारानीबाट २१ जना, जुद्धशमशेरबाट २७ जना गरी २१० जना ब्राह्मण वटुकका लागि दान–दातव्य गरी गुठी राखेर आवासीय रूपमा संस्कृत शिक्षा अध्ययन गर्ने व्यवस्था भयो । त्यो पाकशालामा ब्राह्मणभित्र पनि पूर्वीया र कुमाइहरूको छुट्टाछुट्टै भान्छा थियो ।

यसरिनै मुद्दाहरू संगठित हुँदै अगाडि बढेको विद्यार्थी आन्दोलन अनेबिफे हुँदै राजाका विरुद्धमा पनि मोर्चा तयार पार्यो।। २०१७ साल पौष १ गतेको शाही ‘कू’ ले जनताका सीमित अधिकारलाई कुण्ठित ग¥यो । फेडरेशन भूमिगत हुन बाध्य भयो । संर्घषशील विद्यार्थीहरु चुपचाप रहन सकेनन् । ०१८ मा फेडरेशनको बैठक बसी स्ववियूको नारालाई अगाडि ल्याउने निर्णय भयो । २०२१ सालमा उपत्यकाव्यापी अन्तरकलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले असमान सन्धिहरुको विरोध, गोर्खा भर्तिकेन्द्रको खारेजीको माग, बन्दी विद्यार्थीहरुको रिहाई तथा स्ववियूको पूनर्वहालीजस्ता मागहरु राख्दै निर्णयहरु पारीत ग¥यो । सम्मेलन भएको खुशीयालीमा जेठ १ गते विद्यार्थीहरुले विशाल जुलुश निकाले । उक्त प्रर्दशनमा सरकारले जंगली आक्रमण ग¥यो । भर्खरै चक्चकीको अवस्थामा पुगेको पंचायती सत्ताले विद्यार्थी जुलुसमाथि व्यापक दमन गर्यो । पंचायती प्रहरीसँग आन्दोलनकारी विद्यार्थीहरूको व्यापक भीडन्त हुँदा कैयौं विद्यार्थी र प्रहरीहरू घाइते भएभने १५० भन्दा बढी विद्यार्थीहरू गिरफ्तार भए । आक्रमणको विरोधमा उपत्यकाव्यापी दिनको रुपमा तथा संगठन स्थापनाको रुपमा मनाउँदै आएका छन । त्यसयताका आजकासम्म आइपुग्दा नेपाली विद्यार्थी आन्दोलन थुप्रै घुम्तीमोड, उत्तार– दिन चढाव तथा एकता र संघर्षका श्रृंखलाहरु पार गर्दै अगाडि बढेको छ ।

‘संगठनका वैचारीक, राजनैतिक, संगठनात्मक र पेशागत शैक्षिक मुद्दाहरुप्रतिको बुझाई र त्यसलाई लागू गर्ने रणनीतिक योजना, कार्यदिशा र कार्यनीतिक योजनामा हुने मतभिन्नताले कहिले संगठन दशौं र बीसौं टुक्रामा विभाजन हुने त कहिले सही विचार र नेतृत्वको कमाण्डमा एकीकृत हुने प्रक्रिया पनि निरन्तर चल्दै आएको छ । खासगरी नेपालका सबै राजनैतिक परिवर्तनको संघर्षमा विद्यार्थी आन्दोलनको उल्लेख्य योगदान भएको कुरालाई कसैले नकार्न नसक्लान् त्यसमा पनि ०३५÷०३६ को एकीकृत विद्यार्थी आन्दोलन नेपालको राजनैतिक आन्दोलनकै गौरव हो भन्न सकिन्छ । जसले निर्विकल्प भनिएको पञ्चायती व्यवस्थालाई जनमत संग्रहमा जान बाध्य तुल्यायो । २०४६ र त्यसपछि नेपाली समाजको क्रान्तिकारी रुपान्तरणको लागि शुरु भएको जनआन्दोलनमा नेपाली विद्यार्थी आन्दोलनको महत्वपूर्ण योगदान रहेको कुरा स्पष्ट नै छ ।’

नेपाली विद्यार्थी आन्दोलन मूलतः राजनैतिक आन्दोलनकै एक अभिन्न अंग रहदै आएको छ । नेपालका राजनैतिक पार्टीहरुका विचार, दर्शन र सिद्धान्तलाई बोक्ने, अनुशरण गर्ने, प्रचार गर्ने र लागू गर्ने काम विद्यार्थी संगठनहरुले गर्दै आएका छन् । त्यसो गर्दा स्वभावैले कतिले क्रान्तिकारी विचार, राजनीतिलाई अनुशरण गर्दै नेपाली समाजको आमूल परिवर्तनको पक्षमा आफूलाई उभ्याउँदै आएका छन् भने कतिपयले यथास्थितिमा सीमित सुधारको रटान लगाउने गरेका छन् ।

आज मुलुक संविधानसभाबाट नयाँ संविधान निर्माण गरी अगाडी वढेको छ । केन्द्रमा झण्डै दुई तिहाई जनमत सहितको कम्युनिष्ट पार्टीको सरकार जुँघा सर्काउदा गर्ल्याङगुर्लुङ अबसान भयो । अहिले कम्युनिस्ट पार्टीको अल्पमतको सरकार दगुर्दै छ। यस्तो वेला प्राप्त उपलब्धीको रक्षा गर्ने, संविधानमा उल्लेखित जनताका अधिकारहरु सुरक्षित गर्ने र शैक्षिक अधिकारहरुको ग्यारेन्टी कसरी गर्ने भन्ने विषयमा बहसहरु छन् । विद्यार्थी एकता दिवसको सन्दर्भमा छलफल गर्दैगर्दा यो विषयमा ध्यान केन्द्रीत गर्नु पर्ने छ।

आजका दिनसम्मको नेपालको राजनैतिक परिस्थितिलाई हेर्दा मुलुक अव समृद्धि र विकासको पथमा अगाडी वढन खोजेको देखिएको छ ।

शैक्षिक क्षेत्रमा सुधारको माग राखी आन्दोलन गर्नु विद्यार्थी संघ संगठनको दायित्व वन्न पुगेको छ । शैक्षिक क्षेत्रको वजेटमा वृद्धि गराउने, आमुल शैक्षिक सुधारका माग उठाउने काम अहिले विद्यार्थी संगठनका दायित्व हुन् । तर कतिपय सन्र्दभमा विद्यार्थी संगठनका नेताहरु विचौलियाको रुपमा मात्र काम गर्ने र विद्यार्थी हक हितलाई सौदावाजीको विषय पनि वनाईएको देखिन्छ । यसले विद्यार्थी संगठनलाई भुत्ते वनाउदै लगेको छ ।

हिजो आज विद्यार्थी आन्दोलनको प्रतिपक्षीय चरित्रको विषयमा पनि व्यापक चर्चा हुने गरेको छ । यो कुरा सत्य हो कि विद्यार्थी आन्दोलनको चरित्र प्रतिपक्षीय नै हुनुपर्दछ । तर, यसको मात्रा कति भन्ने कुराको निर्धारण समकालीन सत्ताको चरित्रमा निर्भर गर्दछ । परिस्थितिदेखि डराएर भाग्ने होइन, परिस्थितिलाई आफ्नो काबुमा राख्ने, उपलब्धिहरुको रक्षा गर्ने र लक्ष्य प्राप्तिको लागि निरन्तर संघर्षको रणनैतिक योजनामा अगाडि बढ्नु नै आजको विद्यार्थी संगठनको दायित्व हो ।

अहिले सरकारी विद्यालय संरक्षणविहीन बन्दै गएका मात्र छैनन्, विद्यार्थी नपाएर मर्ज हुने अवस्थामा पुगेका छन् । त्यसको संरक्षण, गुणस्तर र स्तरोन्नतीको लागि तुरुन्त अभियान थालिएन भने के विद्यालय के विश्वविद्यालय ती सार्वजनिक क्षेत्र धरासायी हुने अवस्थामा छन् । यतातिर पनि विद्यार्थी आन्दोलनको ध्यान जान जरुरी छ । तसर्थ आजको सन्दर्भमा विद्यार्थी आन्दोलनको चरित्र रचनात्मक र व्यवहारिक पनि बन्न जरुरी छ ।

शिक्षालाई मौलिक अधिकारको रुपमा संविधानमा ब्यवस्था छ । यो सवालमा सबै विद्यार्थी संगठनहरु एकै स्थानमा छन् तर शिक्षामा भएको निजीकरण र माफियाकरणलाई नियन्त्रण र निर्मूल गर्ने कुरामा विद्यार्थी संगठनहरुले आवाज उठेको देखिन्न तर उठाउनै पर्छ । मुलुक र मुलुकको शिक्षालाई यथास्थितिको चक्करमा फसाउन चाहने तत्वहरुका विरुद्धको संघर्ष गर्ने संकल्प नै आजको विद्यार्थी दिवसको मूलमन्त्र बन्नुपर्दछ ।

शेखर गौतम
अनेरास्ववियू केन्द्रिय सदस्य

कमेन्टहरु
Loading...