सौगात पोखरेल l
पछिल्लो समय पोखरामा कोरोना संक्रमण दर बढेसंगै अक्सिजन समस्याका समाचारहरुले प्राथमिकता पाएका छन । तर सत्य भने त्यस्तो छैन । समन्वय अभाबका कारण केहि समस्या आएको भने सत्य हो ।
पोखराको मणिपाल अस्पताल, गण्डकी मेडिकल कलेज, फिस्टेल अस्पताल, फेवासिटी अस्पताल, लेक सिटी ,ओम र मातृशिसु अस्पतालमा अक्सिजन प्लान्ट भएको जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख बाबुराम आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार मणिपाल अस्पतालको प्लान्ट बिग्रिएको छ भने लेकसिटी अस्पताल नयाँ व्यबस्थापनले संचालन गरून लागेको हुँदा प्लान्ट संचालनमा आएका छैनन् । संचालनमा रहेका पाँच अस्पतालको प्लान्टबाट दैनिक बिस देखि चालीस सिलिण्डर अक्सिजन उत्पादन भइरहेको छ । अन्य दुइ प्राइभेट ग्यास कम्पनिबाट दैनिक पन्ध्र सय सिलिण्डर ग्यास उत्पादन हुँदैछ ।
मणिपाल अस्पताल र लेकसिटी अस्पतालको प्लान्टलाई सुरु गर्न सकिएको अबस्थामा अक्सिजनको ब्यबस्थापनमा अलि सहज हुने थियो । त्यसका लागि राज्यले समन्वयकारी भुमिका खेल्न जरुरी छ ।
अक्सिजन प्लान्ट नभएका अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापनाका लागि सरकारले निजी अस्पतालहरुसंग समन्वय गरेको अबस्थमा अक्सिजन समस्याका समाचारहरु सुन्न पर्दैनथ्यो ।