पोखरा ।
गण्डकी चेम्बर अफ कमर्स गण्डकीको अध्यक्षमा पोखराका युवा व्यवसायी किसान सुनार मनोनित भएका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले आगामी तिन वर्षे कार्यकालका लागि सुनारलाई अध्यक्षमा मनोनयन गरेका हुन् । पोखरा चेम्बर अफ कमर्स कास्कीका संस्थापक अध्यक्ष सुनारले चेम्बरको संस्थापक विकासमा योगदान पु¥याएका छन् ।
चेम्बरको विधान अनुसार उनलाई अध्यक्षमा मनोनित गरिएको हो । विभिन्न व्यवासायिक तथा सामाजिक संघ संस्थामा क्रियासिल सुनारको कार्यकालमा पोखरा चेम्बर अफ कमर्स कास्की देशकै उदाहरणीय जिल्ला शाखाको रुपमा स्थापित भएको छ । उनले सबै जिल्लाका उद्योगी व्यवसायीलाई समेटेर १९ सदस्यीय कार्य समिति बनाउने जानकारी दिए ।