राष्ट्रपति कार्यलयको विज्ञप्ती: प्रधानमन्त्रीमा कसैले दाबी गरेन

काठमाडौं ।  राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा कसैले पनि दाबी नगरेको जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराइद्धारा जारी विज्ञप्तीमा राती ९ बजेसम्म कसैको पनि दाबी नपरेको उल्लेख छ ।

संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुइ वा दुइभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने सक्ने प्रतिनिधिसभाको सदस्यलाइ प्रधानमन्त्रीमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको भए पनि राति ९ बजेसम्म पनि कसैको दाबी प्राप्त नभएको जारी विज्ञप्तीमा उल्लेख छ ।

कमेन्टहरु
Loading...