काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेपाली राजनीतिमा चतुर सावित भएको बताएका छन् ।
‘सिद्धान्तहीनता,खुराफात,किनवेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुन: चतुर सावित भएका छन्,’ भट्टराईले ट्विटमा उल्लेख गरेका छन् ।
वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण उनको भनाइ छ ।
‘जनतालाई कोरोना आतंकबाट राहत दिनसक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको छ।’उनले लेखेका छन् ।