काठमाडौं । नेकपा एमाले विवाद मिलाउन कार्यदल निर्माण गरिएको छ ।
हाललाई कार्यदलमा सात जना नेताहरु रहेका छन् । नौ सदस्यीय कार्यदलका लागि दुई जना पछि थप गरिने जनाइएको छ ।
कार्यदलमा अध्यक्ष केपी शर्मा ओली तर्फबाट विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ रहने छन् भने वरिष्ठ नेता माधव नेपालको तर्फबाटञ भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट रहनेछन् ।