काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाललले आफ्नो समुहले दिन भनिएको राजिनामा तत्कालका लागि रोकिएको बताएका छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्तापछि नेता नेपालले कार्यदल बनाउने र तत्काललाई राजिनामा टरेको बताएका हुन् ।
‘राजीनामा दिने कुरा भएन, मिल्ने आधारमा कुरा भएको छ। सबै कुरा सहमतिको आधारमा अघि बढ्छ’,नेता नेपालले भने ।
बैठक फेरि बस्ने सहमति भएको उनले बताए ।