माधव समुहलाई पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियुको कारबाही फिर्ताको हुदैन: महर

काठमाडौं । अनेरास्वबियु संयोजक ऐन महरले कारबाही गरिएका माधव नेपाल समुहका कुनैपनि विद्यार्थी नेता र कार्यकर्ताको कारबाही फिर्ता नहुने स्पष्ट पारेका छन् ।

माउ पार्टी नेकपा एमालेले माधव नेपालसहित चार जना नेतालाई गरिएको कारबाही फिर्ता लिएको केही घण्टामै संयोजक महरले फेसबुक मार्फत कारबाही फिर्ता नहुने बताएका हुन् ।

‘पार्टीको कारबाही फिर्ता भए पनि अनेरास्ववियु को कारबाही फिर्ताको कुनै सम्भावना छैन’, महरले फेसबुकमा लेखेका छन् ।

महरको सो स्टाटस अगाडी अनेरास्वबियु माधव समुह नेतृ आरती लामाले पार्टीमा कारबाही फिर्ताले मात्रै नहुने भन्दै अनेरास्वबियुको अध्यक्ष नविना लामा रहेकै स्थितीमा संगठन पुगे मात्रै स्विकार्य हुने बताएकी थिइन् ।

कमेन्टहरु
Loading...