पोखरा ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नै हुने भएका छन् ।
प्रदेश प्रमुखले आह्वान गरे अनुरुप चार दलको दाबी अयोग्य देखिएपछि मुख्यमन्त्रीमा गण्डकी प्रदेश प्रमुख सिता कुमारी पौडेलले गुरुङलाई नै नियुक्त गरेकी छिन् । आजै सपथको कार्यक्रम रहेको समेत जानकारीमा आएको छ ।
अव गुरुङले ३० दिन भित्र विश्वासको मत लिनुपर्नेछ । यदि विश्वासको मत पुराउन नसकेमा मध्यावधीमा जानेछ ।