कास्कीका थप ३४६ जनामा कोरोना संक्रमण पुष्टि, सचेत रहन आग्रह

पोखरा ।

कास्कीमा ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विभिन्न चरणमा विज्ञप्ती जारी गर्दै कास्कीमा ३ सय ४६ जनामा संक्रमण भएको जानकारी दिएको हो ।

आजको यो संख्यामा अझ थपिन सक्ने निर्देशनालयले आँकलन समेत गरेको छ ।

यसरी संक्रमण दर उच्च भैरहेको अवस्थामा सबैलाई सचेत रहन आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...