पोखरा, ११ माघ/अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय तनहँु, खैरेनीटार गाविस कार्यालय, प्रगति आमा समूह खैरेनीटार र सहयोगी आत्मा नेपाल कास्कीको संयुक्त आयोजनामा शनिबार खैरेनीटार गाविस भवनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।खैरनीटार गाविसमा बसोबास गर्ने महिलाहरुमा स्त्री सम्बन्धि रोग विकराल अवस्थामा रहेको हुँदा सो स्वास्थ्य शिविर आयोजना गरिएको खैरेनीटार गाविसका सचिव चन्द्रबहादुर खनालले बताए । सो स्वास्थ्य शिविरमा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका स्त्रीरोग विशेषज्ञ पद्यमराज ढुंगाना, डा.गणेश थापा, अनिस भुषाल र एलिसा गुरुङले विरामीहरुको स्वास्थ्य परीक्षण गरेका थिए । सो स्वास्थ्य शिविरमा जिल्ला स्वास्थ्य कार्यालय, खैरेनीटार उपस्वाथ्य चौकी, परिवार नियोजन संघ कास्की र नौलो घुम्ती नेपाल तनहु“ले प्राविधिक सहयोग पु¥याएको थियो ।
शिविरको लागि जिल्ला स्वास्थ्य कार्यालय तनहुँ, खैरेनीटार उपस्वास्थ्य चौकी र सहयोगी आत्मा नेपालले औषधी सहयोग उपलब्ध गराएको थियो । सो शिविरमा २९५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । शिविरको खैरेनीटार गाविस–९ की ९० वर्षीया श्रीकुमारी थापा र ८१ वर्षीया तोयाकुमारी सापकोटाको डाक्टरहरु क्रमशः पद्यमराज ढुंगाना र एलिसा गुरुङले स्वास्थ्य परीक्षण गरी उद्घाटन गरेका थिए । सहयोगी आत्मा नेपाल कास्कीकी अध्यक्ष गोमा प्रधानको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा इन्सेक जिल्ला संयोजक गणेश श्रेष्ठ, नौलो घुम्ती तनहँुककी कार्यक्रम अधिकृत निलीसा लामा कार्कीले
कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।