काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभामा विश्वासको मत गुमाए लगत्तै प्रधानमन्त्री मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए ।