माधव समुहका सांसद रावल भन्छन्,‘हामी स्तब्ध भएका छौँ’

नेकपा एमाले माधव समुहका सांसद झपट रावलले नेकपा एमाले एकताको सम्भावना सकिएको बताएका छन् ।

सामुहिक राजिनामा अघि माधव नेपाल समुहको वैठकमा सिहंदरवार पुगेका सांसद रावलले केपी ओलीले एकताका लागि कुनै पहल नगरेको आरोप समेत लगाए ।

‘एमाले विभाजनको डिलमा उभिएको छ, हामी स्तब्ध भएका छौँ।’,उनले पत्रकारहरुलाई भने ।

नेपाल पक्षका कतिजना सांसदले राजीनामा दिने भए भन्ने संख्या अझै खुलाइएको छैन ।

कमेन्टहरु
Loading...