सकियो माधव पक्षको अल्टिमेटम, अब के होला ?

पोखरा । नेकपा एमाले माधव नेपाल समुहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समयसिमा सकिएको छ ।

आइतबार बसेको नेपाल समुहको बैठकले पार्टी एकतालाई कायम राख्नका लागि दुई वटा सर्त सहित सोमबार बिहान ९ बजेसम्मको समय दिएको थियो ।

नेपाल समुहका नेता योगेश भट्टराईले सोमबार ९ बजेसम्म आफ्ना माग प्रति सकरात्मक नभए सामुहिक राजिनामाको संकेत गरेका थिए । त्यसो त सामुहिक राजिनामा दिने नदिनेबारे नेपाल समुहमा विवाद कायम छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिदैंछन् । ओलीलाई विश्वासको मत दिन एमालेले ह्वीप नै जारी गरेको छ । नेपाल समुहले ओलीलाई विश्वासको मत नदिने बरु राजिनामा दिने तयारी गरेको छ ।

कमेन्टहरु
Loading...