पोखरा । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा लिने विश्वासको पक्षमा मतदान गर्न नेकपा एमालेले आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ ।
संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले पार्टी संसदीय दलका नेता केपी ओलीको निर्देशनअनुसार आइतबार प्रधानमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूका नाममा ह्वीप जारी गरेका हुन् ।
विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम ह्वीप जारी गरेका हुन् ।