जसपामा होला त आइस ब्रेक ?

पोखरा/प्रधानमन्त्री केपि शर्मा ओलीले यहि बैशाख २७ गते संसदमा बिश्वासको मत लिने समय नजिकिदै गर्दा जनता समाजबादी पार्टीका नेताहरु पनि आन्तरीक र अन्य दलहरुसँगको छलफलमा व्यस्त रहेका छन् । आजसम्म बिकसित घटना क्रमअनुसार जसपाका अध्यक्ष महन्थ ठाकुर र बरिष्ठ नेता राजेन्द्र महत्तो प्रधानमन्त्री ओलीसँग अलि नरम छन भने अर्का अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादब भने ओली बिरुद्ध लागिरहेका छन् ।
पछिल्लो समय जसपाका नेता ठाकुर र महत्तोले आँफुहरुले बिश्वासको मतको पक्षमा पनि बिपक्षमा पनि मतदान नगर्ने भन्दै एमाले र काँग्रेसका नेताहरुलाई भेटेर जानकारी दिएका छन् । भने यादब र भट्टराई भने बिश्वासको मतको बिपक्षमा मतदान गर्ने घोषणा गरिरहेका छन् । प्रधानमन्त्रीको बिश्वासको मतको बिषयलाई लिएर अहिले जसपाभित्र चर्को मतभेद रहेको छ ।
जसपामा देखिएको मतभेदलाई मत्थर पार्न र पार्टीको आधिकारीक निर्णय गर्नका लागि जसपाको पदाधीकारी बैठक संघिय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईको निबासमा ३ बजे डाकिएको छ । केहि दिन अगाडी मात्र शल्यक्रिया सकेर घर फर्किएका कारण भट्टराई कै निवासमा बैठक आयोजना गर्नु परेको एक पदाधीकारीले गन्थन डटकमलाई बताए ।
उनका अनुसार आज हुने पदाधीकारी बैठकले जसपामा केहिसमयदेखि देखिएको समस्याको हल हुनेछ ।

कमेन्टहरु
Loading...