( कविता )
नगरि काम पुग्दैन खान साझ र बिहान
रोगले भन्दा भोकले हजुर लाने भो चिहान ।
अल्छि भैयो सुतियो मस्त काम केही नछुदा
बिहान उठ्दा झसङ्ग झस्के खाने भात नहुदा ।।
कोरोना लाग्छ भन्ने डरले काम सप्पै छोडियो
लक्ष्य र उद्देश्य भन्ने चिजनै खै कता मोडियो ।
भुकम्प र कोरोना गरिबलाई दुस्मन नै भैदियो
उडि छुनु चन्द्र एकको सपना खै कता लैदियो ।।
अर्बौ खर्च जनताको लागि सरकारले गर्याछ
धनीलाई चैन गरिबचाइ हजुर कोटामा पर्याछ ।
लौन कोहि जोगाइ देउ ज्यान भगवान बनेर
जिन्दगीनै जाने भो हजुर लकडाउन नै गनेर ।।
– अभिमन्यु पाण्डे