कास्कीमा रेकर्ड ब्रेक, आजै ८५६ जना संक्रमित थपिए

पोखरा ।

कास्कीमा कोरोना संक्रमितको संख्यामा रेकर्ड ब्रेक भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आजको विज्ञप्ती अनुसार कास्कीमा थप ८ सय ५६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि निर्देशनालयको विज्ञप्ती अनुसार कास्कीमा संक्रमणबाट १ जनाको मृत्यु समेत भएको छ ।

यससँगै गण्डकी प्रदेशका अन्य जिल्लासहित अहिलेसम्म २२ हजार २ सय ५६ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

थप विवरण

कमेन्टहरु
Loading...