विद्युतीय दुर्घटनामा परि मृत्यु भएका शर्माका परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

पाेखरा । विद्युतीय दुर्घटनामा परि मृत्यु भएका शुक्लागण्डकी–११ का युवराज शर्माका परिवारलाई आर्थिक सहयोग गरिएको छ ।  ग्रामिण सामुदायिक विद्युत उपभोक्ता समितिमा कार्यरत शर्माको विद्युत मर्मतको क्रममा करेन्ट लागेर बैशाख १२ गते मृत्यु भएको थियो ।

बिहीबार जनजागृती टोलका अध्यक्ष निलकण्ड अर्याल र साखे युथ क्लबले सयुक्त रुपमा राहत संकलन गरि हस्तान्तरण गरिएको छ २५ हजार सात सय ५ण् रुपैया परिवारलाई प्रदान गरेका हुन् । सस्थाले स्व।शर्माको परिवारलाई राहत होस भनेर सहयोग अभियान सँचालन गरि उत्त रकम जम्मा गरि हस्तान्तरण गरेको अध्यक्ष निलकण्ड अर्यालले जानकारी दिए ।

विधुतिय क्षेत्रमा काम गर्न कर्मचारीको अनिवार्य रुपमा स्वास्थ बिमा गराउनु पर्ने भए पनि सामुदायिक विद्युत उपभोक्ता समितिले भने लापरबाही गरेको छ ।

विद्युतीय काममा संलग्न कार्मचारीहरुलाई उचित शारीरिक सुरक्षाको सामग्री पनि उपलब्ध नभएको नाम्ला कै भरमा पोलमा चड्नु पर्ने अवस्था बाट कर्मचारीले सेवा दिदै आएका थिए ।।

कमेन्टहरु
Loading...