गण्डकीमा कोरोनाबाट थप ३ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ४८

पोखरा ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप ३ जनाको ज्यान गएको छ । ज्यान गु्माउनेमा म्याग्दी जिल्ला बेनी गाउँपालिका २ का ७३ बर्षीय एक पुरुष, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिकाका ३२ बर्षीय एक पुरुष र दाङ जिल्ला लमही नगरपालिका ५ की ४४ बर्षीय एक महिला रहेकी छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज एक विज्ञप्ती जारी गर्दै यस अघि पनि ४ जनाको ज्यान गएको जनाएको थियो । जसमा पोखरा महानगरपालिका वडा २५ का ६८ वर्षिय एक पुरुष, तनहुँ व्यास नगरपालिका वडा १ की ६० वर्षिय एक महिला, पर्वत जलजला गाउपालिका वडा ३ का ६३ वर्षीय एक पुरुष र पर्वत जिल्लाकै कुश्मा नगरपालिका वडा ९ का ५३ वर्षीय एक पुरुष छन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ ।

थप विवरण

कमेन्टहरु
Loading...