उचित मुल्य र गुणस्तर नदेखिएपछि कास्की प्रशासनले गर्‍यो पसललाई कारबाही

पोखरा ।

कास्की जिल्ला प्रशासनले जिल्लामा पसलहरुको अनुगमनका क्रममा फरक मुल्य र गुणस्तरमा कमी भएको खाद्य भेटेपछि कारबाही गरेको छ । प्रशासनले आज मुल्य, गुणस्तर र शुद्धता परिक्षण गर्न पोखराका ८ वटा पसलहरुमा अनुगमन गरेको थियो ।

अनुगमन गरिएका ८ मध्ये उचित मुल्य र शुद्धता नभएको भेटिएपछि एउटा स्टोर्सलाई प्रशासनले कारबाही गरेको छ । साथै अनुगमनका क्रममा सामान्य कैफियतहरुलाई तत्काल सुधार गर्न प्रशासनले निर्देशन समेत दिएको छ ।

कमेन्टहरु
Loading...