सचेत हौँ : सामूहिक दाहसंस्कारको अवस्था आउन नदिऔँ

आम नागरिकबाट तोकिएको स्वास्थ्य मापदण्ड पालना नभएमा र सङ्क्रमण थप फैलन गई मृत्यु हुनेको सङ्ख्या वृद्धि भएमा सामूहिक दाहसंस्कारको परिस्थिति निम्तिन सक्नेतर्फ सबै तह र तप्का सचेत रहनुपर्ने आवश्यकता देखिएको छ ।

घरभित्रै रही निषेधाज्ञा र स्वास्थ्यका सबै मापदण्डको पालना अर्थात् भौतिक दूरी कायम गर्ने, मास्क लगाउने, साबुनपानीले मिचीमिची हात धुने र स्यानिटाइजर गर्ने विषयमा विशेष ध्यान पु¥याएर त्यो अवस्था आउन नदिन सरकारले पटक–पटक आग्रह गर्दै आएको छ ।

सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल भन्छन्, “भविष्यमा आइपर्ने परिस्थितिको समयमै आकलन गरी यस्ता विषयमा पनि हामी सबै खुला हुनुपर्छ । तर त्यो अवस्था आउन नदिआँै, हामी सबै संवेदनशील होऔँ, सङ्क्रमणको ‘चेन ब्रेक’ गर्न स्वास्थ्य मापदण्डका सबै उपाय अपनाऔँ, यसैमा सबैको कल्याण छ ।”

सेनाले सुदूरपश्चिम क्षेत्रमा सोमबार एकैदिन कोभिड–१९ को सङ्क्रमणबाट निधन भएका १३, मध्यपश्चिममा ११ र काठमाडौँ उपत्यकामा ३८ शव सङ्कलन गरी व्यवस्थान ग¥यो । विगतको तुलनामा सङ्क्रमण तीव्र फैलिएको घटनाका रूपमा यो सङ्ख्यालाई लिन सकिन्छ । अघिल्लो सङ्क्रमणका समयमा ज्यान गुमाउनेको सङ्ख्या अहिलेको तुलनामा निकै कम थियो तर अहिले त्यो अवस्था रहेन । यद्यपि हालसम्म सामूहिक दाहसंस्कारको अवस्था बेहोर्नुपरेको छैन ।

मुलुकका विभिन्न जिल्ला प्रशासन कार्यालयले गरेको निषेधाज्ञा र स्वास्थ्य मापदण्डको पूर्ण पालना नभएका खण्डमा सङ्क्रमण फैलन गई मृत्युदर बढ्ने सम्भावना छिमेकी मुलुककै घटनाले स्पष्ट पारिसकेको छ । मुलुकमा स्वास्थ्य उपकरण, साधन स्रोत र दक्ष जनशक्तिको कमीले आउन सक्ने चुनौतीलाई सामना गर्न कठिनाइ हुनेतर्फ सबै जनता सचेत हुनुपर्ने देखिन्छ ।

शव सङ्कलनका लागि राज्यमा उपलब्ध एम्बुलेन्स, जनशक्ति र सुरक्षितरूपमा अन्त्येष्टि गर्न आवश्यक विद्युतीय शवगृह कमीका कारणले पनि हाम्रा लागि व्यवस्थापनमा चुनौती खडा गर्ने देखिएको छ । सङ्क्रमण फैलन नदिई परिस्थितिलाई सुधार गर्न नसकिएको खण्डमा भविष्यमा आउन सक्ने स्थितिमा सुधार ल्याउन निकै गाह्रो हुनाले सुरक्षाफौजले पनि निषेधाज्ञा र स्वास्थ्य मापदण्डलाई पालना गराउन कडाइका साथ निगरानी गरेको देखिन्छ ।

कमेन्टहरु
Loading...