कोरोना संक्रमणले दिनहु रेकर्ड तोड्दै, आजै ७ हजार ५ सय ८७ जना संक्रमित थपिए

पोखरा ।

देशभर कोरोना संक्रमणमा आज पनि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा थप ७ हजार ५ सय ८७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार यो संक्रमण दर हालसम्मकै उच्च हो । मन्त्रालयले कोरोना संक्रमणको दर अत्याधिक बढेको हुँदा सबैलाई सचेत रहन आग्रह गरेको छ ।

आज थपिएका सहित गरि देशभर आजसम्म संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितले कोरोना संक्रमणको कारण ज्यान गुमाईसकेका छन् ।

कमेन्टहरु
Loading...