जेलबाट मुक्त भएकोमा खुशि छु – शेरचन

पोखरा/प्रदेश प्रमुखबाट जिम्मेबारी मुक्त भएको भोलीपल्ट गण्डकी प्रदेशका निवर्तमान प्रमुख अमिक शेरचनले भुमिकाबिहिन जेलबाट मुुक्त गरिएकोमा आँफु खुुशि भएको बताएका छन् । शेरचनले आफ्नो चाहना नहुँदानहुँदै पनि प्रदेश प्रमुखको जिम्मेबारीमा आईपुुगेको संचारकर्मीहरुलाई बताए ।
पत्रकार सम्मेलनमा बोल्दै शेरचनले प्रदेश प्रमुुख रहँदासम्म आँफुले कुनै पनि प्रकारको असंबैधानिक कदम नचालेको बताए ।
मंगलबार भएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघटन गरेसँगै आँफु राजिनामा बोकेर हिडेको भएपनि प्रचण्डले राजिनामा दिन नदिएको भन्दै दुखेसो पोखेका थिए । शेरचनले संबिधान अनुसार प्रक्रियामा गईसकेको बिशेष अधिबेशन स्थगन गर्ने कानुन नभएको पनि बताएका थिए ।

कमेन्टहरु
Loading...