पोखरेललाई सपथग्रहण नगराउन ४२ सांसदको प्रदेश प्रमुखलाई दबाव

पोखरा/आईतबार बिहान राजिनामा दिएर फेरि मुख्यमन्त्री बनेका लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई सपथ ग्रहण नगराउनका लागि ४२ सांसदले प्रदेश प्रमुखलाई दबाव दिएका छन् ।

अल्पमतमा रहेको व्यक्तिले मुख्यमन्त्रीको सपथ लिन नहुने भन्दै सपथ नखुवाउनका लागि काँग्रेस,माओबादी ,जनमोर्चा र समाजबादी दलका र केहि एमाले कै सांसदहरुले उनलाई सपथ ग्रहण नगराउन दबाब सिर्जना गरेका छन् ।
४२ सांसदको हस्ताक्षरसहित उनीहरु प्रदेश प्रमुखको कार्यलयमा पुगेर सपथ ग्रहण नगराउन दबाब सिर्जना गरिरहेका छन् ।

कमेन्टहरु
Loading...