शंकर पोखरेल फेरी मुख्यमन्त्री बने

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्विनी प्रदेश संसदिय दलका नेता शंकर पोखरेल फेरी लुम्विनी प्रदेशका मुख्यमन्त्री बनेका छन् । उनी बिरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश शभामा अविश्वास प्रस्ताव पेश हुन लागेकाले आजै उनले सोही प्रदेशको मुख्यमन्त्री पदबाट राजिनामा दिएका थिए ।

पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १(क) बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष दिइएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका थिए ।

नेपालको संविधानको धारा १६८को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश शभाको बहुमत सदस्यहरुको हस्ताक्षर सहित दावी पेश भएपछि पोखरेललाई पुनः मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयबाट जारी विज्ञप्तीमा जनाइएको छ ।

कमेन्टहरु
Loading...