पोखरा ।
पोखरामा आज थप १ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विज्ञप्ती जारी गर्दै सो जानकारी दिएको हो । पोखराको लागि यो अहिलेसम्मकै उच्च रेकर्ड हो ।
संक्रमित सबै लाइफकेयर डायग्नोस्टिकद्वारा स्वाब लिइएको हो ।
त्यस्तै आज पोखरामा थप ५ जनाको ज्यान गएको छ ।
पोखरा १६ का दुई ,पोखरा १० का एक, पोखरा १९ का एक र पोखरा २६ का एकसहित पोखरामा ५ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्थास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
पोखरासहित गण्डकी प्रदेशको थप विवरण