पोखरा/आईतबार प्रदेश सरकारको मुख्यमन्त्रीबाट राजिनामा दिएर एकाएक चर्चामा रहेका लुम्बिनि प्रदेशको मुख्यमन्त्री शंकर पोखरेलको सरकार टिकाईरहने प्रयास असफल बनेको छ । कुल ८१ सांसद रहेको प्रदेश सभामा फेरि मुख्यमन्त्री बन्ने संभाबना देखेर मुख्यमन्त्रीबाट राजिनामा दिएका मुख्यमन्त्री पोखरेलको योजनालाई उनकै पार्टीका सांसद बिमला वलीले असफल बनाएकी छिन् ।
एमालेबाट निर्वाचित बिमला वली मुख्यमन्त्रीले राजिनामा दिएको केहि घण्टापछि नै माओबादी पार्टीमा प्रवेश गरेकी हुन । वली माओबादीमा प्रबेश गरेसँगै प्रदेश सरकारमा पोखरेलको बहुमत गुमेको छ । राजिनामा दिएपछि अविश्वासको प्रस्ताब पनि छेकिने र ठुलो दलको आधारमा बहुमतको सरकार फेरि बन्ने अनुमानमा पोखरेलले राजिनामा दिएका थिए । तर घटनाक्रम त्यसको ठिक उल्टो बनिदिएको छ । राजिनामा पश्चात काम चलाउ भएको पोखरेल सरकारले प्रदेश संसद अधिबेशन रोक्ने समेत निर्णय गरिसकेको थियो ।
उपनिर्वाचनमा बियजी भएका कारण सांसद वलीलाई नेकपा(एमाले)ले कारबाहि गर्न पनि नमिल्ने अवस्था छ ।