पोखरेलीहरु सडकमा नाच्दै, खेल्दै रमाउँदै

पुष १४,पोखरा/यतिबेला पोखरेलीहरुको ध्यान सडकमा खान, नाच्न र खेल्नतर्फ केन्द्रित हुन थालेको छ । रेवान पोखराले आयोजना गरेको १४ औ पोखरा महोत्सवले पोखरेलीहरुलाई लेकसाइडतिरै तानेको छ । महोत्सव अन्तर्गत शनिवार विभिन्न साँस्कृतीक कार्यक्रम तथा खेलकुदका प्रतियोगिताहरु सम्पन्न भएका छन् । साँस्कृतीक कार्यक्रम अन्तर्गत दोहोरी गित तर्फ राष्ट्रिय कलाकार कुलेन्द्र विश्वकर्माको प्रस्तुती रहयो भने तारापति सुबेदी, जीवन दाहाल, कृष्ण देवकोटा, चोलेन्द्र पौडेल लगाएतले दोहोरीका पारखिहरुलाई मनोरञ्ज दिलाए ।
हाँस्यब्याँग्य तर्फ नेपाल टेलिभिजनबाट प्रसारण भै रहेको टेलिफिल्म खिचडीका कलाकारहरुले भरपुर मनोरञ्जन प्रदान गरे भने पोखरेली हाँस्यब्याँग्य कलाकार दिपक थापाले पनि दर्शकहरुलाई नहाँसि रहन दिएनन् । महोत्सवमा विहानैदेखि अवलोकनकर्ताहरुको लर्को देखिएको थियो भने राति सबिन राई र अन्य स्थानिय ब्याण्डहरुले पप् माहौल तत्ताएका थिए । उक्त कार्यक्रममा विशेषगरि युवा समुहको विशेष उपस्तिथी रहेको थियो ।

शनिबारनै सम्पन्न भएको बोट रेशमा फेवा डुङ्गा व्यवसायि प्रथम, रेवान द्धितिय तथा टेसा तृतीय भयो । विजयी टोलीले क्रमश ७ हजार, ५ हजार र ३ हजार नगद सहित पदक प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । बसुन्धरा पार्कदेखि बाराही मन्दिर हँुदै पुन ः बसुन्धरापार्कमै आएर टुङ्गिएको दौडका विजेताहरुलाई पोखरा पर्यटन परिषदका अध्यक्ष सूर्यबहाबदुर भुजेल, महोत्सव संयोजक भिमसेन भुजेल, अर्थ समिति संयोजक विश्वराज पौडेल लगाएतले पुरस्कार प्रदान गरेका थिए ।

यसअघि सम्पन्न वेटर रेसमा लवकुश रेष्टुरेण्टका केशर श्रेष्ठ प्रथम, चिल्ली बारका एकनाथ दर्जी द्धितिय तथा गड फादरका टाइसन गुरुङ्ग तृतीय भएका थिए । त्यस्तै, चिल्लीबारकै रुबी परियार र राइस एण्ड बोलका रोमा थापा सान्त्वना भएका थिए । उनीहरुले क्रमश ७ हजार, ५ हजार, ३ हजार र एक एक हजार नगद सहित पदक प्रमाणपत्र पुरस्कार प्राप्त गरे । उनीहरुलाई कास्की जिल्ला फुटवल संघका द्धितिय उपाध्यक्ष खेम गुरुङ्ग, रेवानका केन्द्रिय उपाध्यक्ष बलराम पहारी, रेवान पोखराका महासचिव श्रीराम गिरी, खेलकुद कार्यक्रमका संयोजक राजन पौडेल लगाएतले पुरस्कार वितरण गरेको प्रचार प्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

महोत्सव अन्तर्गत आइतबार लोकदोहोरीतर्फ प्रजापति पराजुली, पुरुषोत्तम न्यौपाने, पशुपति शर्मा, हाँस्यब्याँग्यतर्फ जिरे खुर्सानीका कलाकारहरु तथा पोखरेली धुर्मुस, पप्तर्फ एड्रिन प्रधान रहने छन् भने खेलकुदतर्फ आम्बोटमा रस्साकसि प्रतियोगिता हुने छ ।

कमेन्टहरु
Loading...