सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आज गरिएको पिसिआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना सङ्क्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेशनमै रहेको उनले बताए ।

कोरोना सङ्क्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गरेका छन् ।

कमेन्टहरु
Loading...