सरकारले भन्यो –‘ कोरोना संक्रमितको उपचार गर्न सक्ने अवस्था छैन ।’

पोखरा/देशभर कोरोना संक्रमणको दरसँगै मृत्युदर पनि बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिज्ञप्ती नै निकालेर कोरोना संक्रमितको उपचार गराउन नसक्ने कुराको जानकारी निकालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रबक्ता डा.समिर कुमार अधिकारीको हस्ताक्षरमा जारी भएको बिज्ञप्तीमा संक्रमितको संख्या राज्यले नै थेग्न नसक्नेगरि बढेको भन्दै आफ्नो शुरक्षा आँफै गर्नका लागि सार्वजानिक आब्हान गरिएको छ ।


सरकारले संक्रमितलाई सरकारले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने कुराको जानकारीसमेत गराएको छ भने लकडाउनलाई कडाईका साथ पालना गर्न अनुरोध पनि गरेको छ ।

कमेन्टहरु
Loading...