पोखरामा कोरोना संक्रमण बढ्दै,सक्रिय संक्रमितको संख्या हजार नाघ्यो

पोखरा \पछिल्लो समय पोखरामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पोखरामा शुक्रबार मात्रै १६३ थपिएको छ । आजसम्म पोखरामा संक्रिय संक्रमितको संख्या एक हजार पार गरेको छ । संक्रमितको संख्या बढेसँगै पोखरामा कोरोना संक्रमणको प्रकोप पनि बढेको जानकारहरु बताउछन् ।
आजमात्र गण्डकी प्रदेशमा कोरोना संक्रमणको कारणले तीन जनाले ज्यान गुमाईसकेका छन् । पछिल्लो समयमा मुस्ताङ्गकी ७२ बर्षिय महिलाले मुस्ताङ्ग जिल्ला अस्पतालमा कोरोना संक्रमणको कारण ज्यान गुमाएकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानाएको छ ।

आजसम्म गण्डकी प्रदेशमा २२४ जनाले ज्यान गुमाएका छन भने कुल संक्रमितको सख्या १८६४५ पुगेको छ ।

कमेन्टहरु
Loading...