काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुम्भ मेलामा सहभागि भएर नेपाल फर्किएकामध्ये ७५ प्रतिशतमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ । उक्त मेलामा सहभागि भएर नेपाल फर्किएका पूर्वराजा ज्ञानेन्द्रलाई कोरोना संक्रमित भएपछि अहिले नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुुसार उक्त मेलामा सहभागि भएर फर्किएका झन्डै १ लाखमध्ये कन्ट्याक्ट ट्रेसिङबाट परीक्षण गर्दा ७५ प्रतिशतमा भाइरस संक्रमण पुष्टि भएको हो ।