गुरुङ सरकार ढल्नेमा चार दल ढुक्क

पोखरा/राष्ट्रिय जनमोर्चाको नेता सम्पर्कबिहिन भएपछि रोकिएको गण्डकी प्रदेशको बिशेष अधिबेशन फेरी सुचारु हुने तयारी भईरहेको छ । प्रदेश अधिबेशन सुचारु हुनुपुर्व सत्तापक्ष र प्रतिपक्षी दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । बिहिबार पृथ्वी सुब्बा नेतृत्वको सरकाले मन्त्रीपरिषद बिस्तार गरेको छ भने शुक्रबार नेपाली काँग्रेस,माओबादी केद्र ,जनता समाजबादी र राष्ट्रिय जनमोर्चाको भने संयुक्त बैठक बसेको छ ।
शुक्रबार बसेको चारदलको बैठक पुनः बस्ने गरि स्थगित भएको बिकास समितिका अध्यक्ष दीपक कोईराले बताए । ‘अबिश्वासको बैठक पास हुने कुरामा हामी ढुक्क छौँ । त्यसका लागि केहि तयारी गरेर फेरी बैठक बस्ने गरि बैठक सकिएको छ । ’ कोईरालाले भने । बैठकमा सहभागि जनता समाजबादीका नेता हरिशरण आचार्यले अविश्वास प्रस्ताब पास हुने बिषयमा कुनै शंका नै नभएको र केहि तयारीका लागि फेरी बैठक बस्ने गरि आजको बैठक सकिएको बताए ।
बैठकमा जनमोर्चाले आफ्ना सबै सांसदहरुले अबिश्वासको प्रस्ताबको पक्षमा मतदान गर्ने बताएको थियो । जनमोर्चाले गरेको प्रतिबद्धता पश्चात सबै दलका नेताहरु हँसिलो अनुहार बनाएर बैठकबाट बाहिरिएका थिए ।
यद्यपी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री गुरुङ भने अबिश्वासको प्रस्ताब फेल हुनेमा ढुक्क छन् ।

कमेन्टहरु
Loading...