जसपा मनाङ्गे कनेक्सनले जोगिएला त मुख्यमन्त्री ?

  • सौगात पोखरेल

पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारले अविश्वासको मत झेलिरहेको अवस्थामा स्वतन्त्र सांसद दिपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी दिएको छ । मनाङ्गेको सपथसँगै गण्डकी प्रदेशको राजनीतिमा नयाँ खाले तरङ्ग सिर्जना भएको छ । गण्डकी प्रदेश सरकारमा मनाङ्गेको इन्ट्रीले गण्डकी प्रदेश सरकार जोगिन्छ कि जोगिन्न भन्ने बिषय अहिलेको सबैभन्दा बढि चर्चाको बिषय बनेको छ । यता मुख्यमन्त्री गुरुङ्ग भने मनाङ्गेले जसपालाई पनि सरकारमा लिएर आउने बिषयमा ढुक्क छन् । मुख्यमन्त्री गुरुङलाई खेलकुद मन्त्री मनाङ्गले जसपा पनि सरकारमा आउने भनेर बिश्वास दिलाएको स्रोतको दावी छ ।
जसपा र दिपक मनाङ्गे कनेक्सनको बातावरण कसरी बन्यो भन्ने बिषय अहिले खास चर्चाको बिषय बनेको छ ।

कसरी भयो त जसपा र मनाङ्गे कनेक्सन ?

नेकपा प्रवेश नगरेको भन्दै दीपक मनाङ्गेले गण्डकी प्रदेशको संसद सचिबालयमा छुट्टै कुर्चीको माग गरे । उनले छुट्टै कुर्चीको माग मात्र गरेनन बरु नेकपालाई बुझाएको लेबिसमेत फिर्ता मागे । गण्डकी प्रदेश सरकारलाई अबिश्वासको प्रस्ताब तयार गर्ने भनेर हल्ला चलेसँगै मनाङ्गे र जसपा नेताहरुको बिचमा हिमचिम अलि बढ्न थाल्यो । दैनिकजसो बैठक र भेटघाट पनि चलिनै रह्यो । नयाँ सत्ता समिकरणमा शक्ति बाँडफाडका लागि जसपालाई आफ्नो नाम पनि लिएर अलि कसिकसाउ डिल गर्न सुझाबसम्म दिन भ्याए । कुरा त्यतिसम्म मात्र भएन अर्को चुनावमा जसपाबाटै उम्मेदबार बन्ने कुराको समेत ग्रीन सिङ्नल दिए ।

त्यहि बिचमा जसपाका नेता डा.बाबुराम भट्टराई र दीपक मनाङ्गेको बिचमा भेटघाट पनि भएको बिशेष स्रोतको दावी छ ।

मनाङ्गेको ग्रीन सिङ्नल पाएपछि जसपाका नेताहरु हौँसिए । त्यहि बिचमा जसपाका नेता डा.बाबुराम भट्टराई र दीपक मनाङ्गेको बिचमा भेटघाट पनि भएको बिशेष स्रोतको दावी छ । कुराकानी यति बढेपछि जसपा मनाङ्गले अविश्वासको पक्षमा मतदान गर्नेमा ढुक्क बन्यो । तर मतदानको दिन मनाङ्गे भने सबैसँग सम्पर्कबिहिन बने । एकाएक बिहिबार मनाङ्गे मन्त्री बन्ने भन्ने समाचार आएपछि बिपक्ष दलका धेरै सांसदहरु आश्चर्यचकित बने । मनाङ्गले जसपाका नेताहरुले पनि अबिश्वास प्रस्ताबको बिपक्षमा मतदान गर्ने बिश्वास दिलाएको बिशेष स्रोतको दावी छ । मुख्यमन्त्रीसँग मनाङ्गले आँफुले प्रस्ताबको पक्षमा मतदान नगरेपछि जसपाका नेताहरुले पनि नगर्ने जिकिर गरे ।
उनले मुख्यमन्त्रीलाई जसपाका दुई सांसदहरुलाई मन्त्री बनाउन तयार रहन आग्रहको स्रोतको दावी छ । मनाङ्गे र गुरुङ्गको बिचमा भएको संबादलाई आधार बनाएर नेकपा(एमाले)का जिम्मेबार नेता कार्यकर्ताले नै जसपाका दुई सांसद पनि मन्त्री हुने भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखिरहेका छन् ।

कमेन्टहरु
Loading...