राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको माथिल्लो तामाकोशीको मुख्य सुरुङमा आजदेखि पानी भर्न थालिएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको मुख्य सुरुङमा पानी भरेर परीक्षण थालिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आथित्यतामा आज आयोजनाको बाँधस्थल लामाबगरमा पानी भर्ने कार्यको शुभारम्भ भएको हो । सो अवसरमा आयोजनाका सम्बद्ध अधिकारीको समेत उपस्थिति थियो ।
आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार १० देखि १२ दिनसम्म सुरुङमा पानी हालेर परीक्षण गरिन्छ । त्यसपछि विद्युत्गृह र अन्य उपकरणको परीक्षण गरिन्छ ।
“हामी विद्युत् उत्पादनको चरणमा प्रवेश गरेका छौँ । यो आफैँमा खुशीको विषय हो । नेपालीले लामो समयदेखि देखेको एउटा सपना पूरा हुने चरणमा पुगेको छ” उनले भने ।
सुरुङमा पानी भर्ने कार्यको शुभारम्भपछि नेपाल सरकारका प्रवक्तासमेत रहेका भएका मन्त्री गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् । “नेपालको जलविद्यसत् क्षेत्रको इतिहासमा यो सबैभन्दा खुशीको क्षण हो । केही दिनभित्रै प्रधानमन्त्री केपी शर्मा ओलीले यो आयोजनाबाट उत्पादन हुने विद्युत्को औपचारिक रूपमा उद्घाटन गर्नुहुनेछ ।”
उनले योसँगै नेपाल राष्ट्र र नेपाली जनताले विद्युत् निर्यातको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गौरवको अनुभूति पनि गर्न पाउनेछ उल्लेख गरेका छन् ।
प्रधानमन्त्रीको मार्गनिर्देशन र ऊर्जामन्त्री टोपबहादुर रायमाझीको कुशल नेतृत्व तथा आयोजना निर्माणमा संलग्न सबैको अथक मेहनतप्रति मन्त्री गुरुङले आभार प्रकट गरेका छन् ।
गोरखा भूकम्प, भारतको अघोषित नाकाबन्दी, कोरोना कहरलगायतका अनेकन समस्यासँग जुध्दै अगाडि बढेको आयोजनाको काम नसकिएका कारण म्याद थप गर्नुपरेको थियो । आयोजना हालसम्मकै सबैभन्दा ठूलो हो ।
स्वदेशी लगानीमा निर्माण भएको आयोजना आफैँमा नेपालीका लागि गौरवको आयोजनासमेत हो ।
आयोजनाका अनुसार थोरै परिमाणमा पानी पठाई मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भरिने छ । यसअनुसार सिभिल र हाइड्रोमेकानिकल संरचनाहरूमा पानी परीक्षण कार्य सफलतापूर्वक सम्पन्न भएपछि मुख्य सुरुङ र पेनस्टकमा जम्मा भएको पानीले भूमिगत विद्युतगृहमा जडान गरिएका ६र६ वटा टर्वाइन र जेनेरेटरहरूको क्रमैसँग परीक्षण र कमिसनिङ कार्य प्रारम्भ हुनेछ । यस क्रममा पहिलो युनिटबाट २०७८ वैशाख महिनाभित्र विद्युत् उत्पादन शुरु हुने छ ।
चालु आर्थिक वर्षभित्रमा सम्पूर्ण निर्माण सम्पन्न गरी ४५६ मेगावाट नै विद्युत् उत्पादन हुनेछ । आयोजनामा ७६÷७६ मेगावाटका ६ वटा युनिटहरू रहेका छन् । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटहरूबाट क्रमश ः विद्युत् उत्पादन हुनेछ ।
विसं २०७२ को विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवं बाढीपहिरोले पु¥याएको क्षति तथा अवरोध, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ९लट २० ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माण ढिलाइ भएको थियो ।
लट २ को ठेक्का पाएको भारतीय कम्पनी टेक्स्म्याको रेल एण्ड इन्जिनियरिङले पाएको थियो । कम्पनीको कमजोर कार्यसम्पादनका कारण बाँधका पेनस्टक पाइपलगायतका हाइड्रोमेकानिकल उपकरणहरू उत्पादन र जडानमा ढिलो भई आयोजनाको समग्र निर्माण कार्यमै ढिलाइ भएको हो ।
भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेरलगायतले आयोजनाको निर्माणमा केही ढिलाइ भएको हो ।
स्वदेशी लगानीमा हाल निर्माण भइरहेको मुलुककै सबैभन्दा ठूलो आयोजना ठूला–ठूला प्राकृतिक विपत्ति र विश्वव्यापी महामारी कोभिड–१९ को चपेटामा प¥यो, त्यसबाट तङ्ग्रिदै विद्युत् उत्पादनको चरणमा पुगेको हो ।
लट २ को ठेक्का पाएको टेक्स्म्याकोले काम गर्न ढिलाइ गरेपछि अत्यन्तै कठिन मानिएको तल्लो ठाडो सुरुङमा पाइप जडानको जिम्मा आयोजनालाई वित्तीय भार नपर्ने गरी इलेक्ट्रोमेकानिकल ९लट ३० को ठेकदारलाई दिइएको थियो ।
आयोजनाले चरिकोट ९दोलखा०–सिंगटी ३५ किलोमिटर सडकमा करिब रु एक अर्ब खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिङ्गटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङमार्गसहित २९ किलोमिटर सडक र ७ वटा पक्की पुल बनाएको छ ।
यही पूर्वाधारलाई प्रयोग गरी तामाकोशी नदी बेसिनमा पर्ने विभिन्न खोलामा माथिल्लो तामाकोशी बाहेक सानाठूला गरी करिब ७०० मेगावाट जम्मा क्षमता बराबरका २१ जलविद्युत् आयोजनाहरू अगाडि बढेका छन् । आयोजनाले सडक बनाइदिएपछि दोलखाको उत्तरी क्षेत्रमा पर्ने साबिकका २० गाविसका जनतालाई आवतजावत सहज भएको छ ।