काठमाडौं । लुम्बिनी प्रदेशका चार जना सांसदलाई कारबाही गरेको विषयमा जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुरले असहमति जनाएका छन् ।
बिहीबार लुम्बिनी प्रदेशसभाले जसपाका चार जना सांसदलाई पदमुक्त गरेको जानकारी दिएको थियो ।
अध्यक्ष ठाकुरले लुम्बिनी प्रदेशको संसदीय दलको निर्णय नै आधिकारिक हुने भन्दै जसपाको प्रदेश समिति गठन नभएकाले संसदीय दललाई नै स्वायत्तता दिइएको स्पष्ट पारेका छन् ।