बोल्यो जनस्वास्थ्य प्रयोगशाला, ‘स्वाब परीक्षण दर्ता र नतिजाको समय एउटै इन्ट्री गरिन्छ’

पोखरा । गण्डकी प्रदेश सभाका सांसद खिम बिक्रम शाहीको कोरोना रिपोर्टमा उल्लेख गरिएको स्वाब परीक्षण समय र नतिजा समयबारे प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो धारणा सार्वजनिक गरेको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पछिल्लो पटक बुधवार साँझ सार्वजनिक गरेको सांसद शाहीको कोरोना रिपोर्ट पोजेटिभ देखिएको थियो । जसमा साँझ ८ बजेर ५१ मिनेटमा स्वाब परीक्षणका लागि लिइएको रिपोर्ट ८ बजेर ५२ मिनेटमा आएको देखाइएको छ । सोही समयलाई लिएर प्रश्न उब्जिएको थियो ।

No description available.

सोही विषयमा रहेर प्रयोगशाला निमित्त निर्देशक सपना सुवेदीले विज्ञप्ती जारी गर्दै चरक अस्पतालबाट दिउँसो ३ बजे बजे स्वाब प्राप्त भएको , ४ बजे परीक्षणका लागि लगिएकोमा ८ बजे रिपोर्ट आएको स्पष्ट पारेकी छन् ।

८ बजे आएको रिपोर्टको बेलुका ८ बजेर ५१ मिनेटमा एकैसाथ रजिष्ट्रेशन र रिपोर्ट इन्ट्रि गरिएको विज्ञप्तीमा उल्लेख छ ।

 

कमेन्टहरु
Loading...