पोखरा | पोखरा स्थित प्राइम सहकारी संस्थाका संस्थापक अध्यक्ष अनिल जोशीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । जिल्ला सहकारी सङ्घ खोटाङका अध्यक्ष तथा खोटाङमा सञ्चालित लालुपाते सहकारी संस्थाका अध्यक्ष समेत रहेका जोशी लाइ वैशाख–५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि वैशाख–६ गते अस्पताल भर्ना गरिएको थियो ।
सहकारीकै कामको सिलसिलामा पोखरा आएका जोशीलाइ कोरोना सङ्क्रमण देखिएपछि पोखरामा उपचार गराउँदा गराउँदै गए राति मृत्यु भएको हो । मृतक जोशीको शव पोखरास्थित नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी गरेको जनाइएको छ ।
चैत–२५ दिक्तेलबाट विराटनगर हुँदै पोखरा आएका जोशीलाइ विराटनगर हुँदा सामान्य रुघाखोकी लागेको पारिवारले जनाएको छ ।पारिवारिक स्रोतका अनुसार रुघाखोकीले च्याप्दै गएपछि पोखरामा स्वाब परीक्षण गर्दा जोशीलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो ।