कास्कीमा सक्रिय संक्रमितको संख्या ८ सय ७७ पुग्यो

पोखरा ।

कास्कीमा कोरोना संक्रमणबाट संक्रमितको संख्या आजसम्म ८ सय ७७ जना रहेको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ ।

त्यस्तै हालसम्म कास्कीमा कोरोनाबाट ज्यान जानेको संख्या १ सय २० पुगेको छ ।

जिल्लामा हालसम्म ९ हजार ४ सय ८० जनामा संक्रमण देखिएको छभने त्यसमा निको हुनेको संख्या ८ हजार ४ सय ८३ जना रहेका छन् ।

कमेन्टहरु
Loading...