गुरुङ नेतृत्वको सरकार जोगिने संकेत, २ सांसद् अनुपस्थित

पोखरा । गण्डकी प्रदेशमा अविश्वासको प्रस्तावमाथि मतदान हुने दिन दुई सांसद अनुपस्थित भएका छन् । स्वतन्त्रतर्फका राजिव गुरुङ दिपक मनाङे र राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाही आज अनुपस्थित भएका हुन् ।

यसरी मतदानकै दिन दुई सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार जोगिन सक्ने संकेत देखिएको छ । मतदान आजै हुँदैछ । यदि प्रदेश सभाका दुई सांसद मतदानका गर्नका लागि उपस्थित नभएमा गुरुङ नेतृत्वको सरकार जोगिन सक्ने देखिएको छ ।

कमेन्टहरु
Loading...