पोखरा । मंगलबार विद्यार्थीहरुबीच भएको झपडको विषयलाई लिएर पृथ्वीनारायण क्याम्पस प्रशासनले दुखः व्यक्त गरेको छ ।
क्याम्पस प्रमुख प्रा.डा सरोज कोइरालाले विज्ञप्ती जारी गर्दै झडपले क्याम्पस प्रशासनलाई दुखित तुल्याएको बताउँदै छलफल र वार्ता मार्फत खोज्न सकिनेमा बताएका छन् ।
मंगलबार बिएससी सिएस आइटी अध्ययनरत विद्यार्थीहरुले फि मा छुट्, लाइबेरीको उचित व्यवस्थापन, अनलाइन क्लासका विषयमा क्याम्पस प्रशासन समक्ष लगातार माग गरिरहेको सन्दर्भमा माग पुरा नभएपछि तालाबन्दी गर्ने क्रममा दुई समुहबीच झडप हुदाँ पोखरा १ बगर बस्ने राम अधिकारी र पोखरा ९ न्युरोड बस्ने प्रभात लामिछाने घाइते भएका थिए ।