प्रचण्ड पत्नी सीता अस्पताल भर्ना

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । सीतालाई मंगलबार बिहान ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको हो ।

प्रचण्ड पत्नी सीतालाई अस्पताल पु¥याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको भए पनि आज उनको अवस्थामा केही भए पनि सुधार देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । सीतालाई अस्पतालबाट कहिले डिस्चार्ज गर्ने भन्ने खुलाइएको छैन ।

लामो समयदेखि पार्किन्सन जस्तो देखिने जटिल प्रकारको रोग प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पिएसपी) बाट पीडित सीतालाई गत पुसमा उनलाई भारतको नयाँदिल्लीबाट उपचार गरेर ल्याइएको थियो ।

कमेन्टहरु
Loading...